मंसिर १४, चितवन – नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले धेरै मतान्तरको फरकमा रावललाई पराजित गराएका छन ।
चितवनको सौराहामा भएको मतगणनामा केपी शर्मा ओलीले १८ सय मत ल्याउँदा भीम रावलले २ सय १३ मत ल्याएका छन । सुरुवाती नतिजाअनुसार नै अध्यक्षमा ओलीले धेरै मतले रावललाई पराजित गर्ने देखिएको थियो । उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।