मंसिर १२ जाजरकोट – गएराती मध्यरातमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुकाे साथै २९ जना घाइते भएका छन।

नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा कुदु बराहचौर नजिक राती दुई बजे दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन ।

घाइते यात्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोटकि १८ बर्शिया अनिला नेपाली र आठाबिसकोट ५ रुकुम पस्चिमकी २४ बर्षकि सन्ध्या मल्ल शाही रहेका छन् । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ वर्षिया शेर बहादुर परियार, आठ्बिसकोट ४ निबासी ४ वर्षिया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भै दिपेन्द्र आधारभुत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षिया गंगाराम यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।                                                                                                                                        घाइतेहरुकाे नामावली र ठेगाना

घाइते मध्य तीन जनाको अबस्था गम्भीर छ । उनीहरुको थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भैरहेको छ । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्र बहादुर देनारको भनाइ छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निदाएर दुघर्टना भएको पनि आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार