मंसिर ११ काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ अधिवेशन गर्दैछ।

माओवादी केन्द्रले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा स्थानीय तह स्तरीय सम्मेलन आयोजना गरेको हो।

स्थानीय तह सम्मेलनलाई शनिबार दिउसाे १२ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ माध्यमबाट एकैसाथ सम्बोधन गर्ने गर्ने भएका छन।माओवादी केन्द्रले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा स्थानीय तह स्तरीय सम्मेलन आयोजना गरेको माओवादी केन्द्रले जनाएको छ।

वडा सम्मेलन सम्पन्न गरिसकिएको छ भने प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन हुनेछन। आगामी मंसिर २५ गतेका लागि प्रदेश सम्मेलन र पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका छ।

वडा सम्मेलनबाट निर्वाचित भएका प्रतिनिधिले विधानकाे व्यवस्था अनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्ने प्रावधान छ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँस्थानीय तहमा १५० जनाका दरले सहभागी हुनेछन्। यस्तै‚ नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार