मंसिर ८ रोल्पा – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय भएपनि विविध कारणले एकदिन पछि मङगलबार मतदान नेपाली काँग्रेस रोल्पाको मत गणना सकिएकाे छ।

देउवा र पौडेल दुई पक्ष चुनावमा हुम्मिएका थिए। देउवा पक्षबाट मानबहादुर खत्री र पौडेल पक्षबाट किरशाेर आचार्य प्यानल सहित चुनावी मैदानमा थिए।

सभापतिमा पौडेल पक्षका किशोर आचार्य आफ्नाे प्यानल सहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी मानवहादुर खत्रीलाई ६२ मतान्तरले हराउँदै विजयी भएका हुन। कुल मत १०९३ रहेकाे राेल्पामा १०४२ मत मात्र खसेकाे थियाे।

आचार्यले ५०२ मत प्राप्त गरे भने खत्रीले ४४० मत प्राप्त गरेका छन त्यस्तै गरि २ जना उपसभापति कबिता उपाध्याय ४७५ र हरि बहादुर पुन ५०३ मत प्राप्त गरेर विजयी भएका छन भने निकटतम प्रतिस्पर्धी अमृत घर्तिमगर ४३० र लेखमनी डाँगीले ४४२ मत प्राप्त गरेका छन।

२ सचिवमा तिल बहादुर बुढाथोकी ५१३ (विजयी) र शेरबहादुर थापा ४४५ मत प्राप्त गरेर विजयी भएका छन। निकटतम प्रतिस्पर्धी दिपक श्रेष्ठ ४०८ र रेग बहादुर पुनले ३९७ मत पाएका हुन।

२ सह-सचिवमा गंन्ज बहादुर क्षेत्री ५५३ (विजयी) र सुनिल कुमार वलि ४७२ मत ल्याएर विजयी भएका छन।निकटतम प्रतिस्पर्धी लिलाधर आचार्य ३६६ र
हुकुम बहादुर बुढाले ३८१ मत पाएका हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार