मंसिर ७ काठमाडौ – अहिले विभिन्न पार्टीहरुकाे अधिवेशन चलिरहेका बेला आफू बहाल पद र सम्बन्धित निकायकाे विधान विपरीत धमाधम दलिय रुपमा प्रतिनिधि भइसकेको र हुने क्रम बढेकाले निर्वाचन आयाेगले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आयोगले साेमबार एक विज्ञप्ति सार्वजनिक गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसकने व्यवस्था रहेको भन्दै गम्भीर हुन निर्देशन समेत दिएकाे छ।

प्राध्यापक, शिक्षक र कर्मचारी लगायत अन्य सार्वजनिक पद धारण गरेको व्यक्तिलाई कुनै दलकाे सदस्यता दिएको पाइएमा राजनीतिक दल अद्यावधिक नहुने बताउदै राजनीतिक दलमा प्राध्यापक, शिक्षक र कर्मचारी लगाएत स्थायी रुपमा सरकारी पदधारण गरेका वा सरकारी तलब खानेहरु राजनीतिक दलको प्रतिनिधि भइसकेको पाइएपछि आयाेगले सम्बन्धित सबैलाई निर्देशन दिएकाे हाे।

हेर्नुस विज्ञप्ति

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार