मंसिर ७ सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार सल्यानमा पनि मतदान प्रक्रिया सम्पन्न भएको हाे।

कुल मतदाता संख्या १२८० रहेकाे सल्यानमा १२२७ मात्र मत खसेकाे थियाे। अहिले मत गणना जारी छ। याे समाचार तयार पार्दा सम्म करिब आधा मत गणना सम्पन्न भएकाे छ।

८०० मत गणना हुदा सभापति केश बहादुर बिष्ट र धुर्वराज पुरीकाे मत परिणाम निकै प्रतिस्पर्धाकाे रुपमा संख्या पाइएकाे छ। जस मध्य मत परिणाम निम्न प्रकार छ।

सभापति_पदमा
केश बहादुर बिष्ट :-३९५
ध्रुब राज पुरी :-३९२
उप-सभापति
गोपाल बुढाथोकी:-३५३
चक्र बहादुर देवकोटा:-३६७
दिल्ली बहादुर बुढाथोकी:-३५७
सन्तोष के.सी:- ३९७
सचिब
प्रकाश भण्डारी:-४४५
लोक राज आचार्य:-३१६
एक राज बुढाथोकी:-३७२
दिल्ली प्रसाद जैसी:-३६६
सह-सचिब
खिम बहादुर रावत:-३७८
जनक राज गौतम:-३९८
पदम बहादुर बुढाथोकी:-३६३
बुद्धि प्रकाश हमाल:-३७७

देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरी चुनावी मैदानमा छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार