मंसिर ६ रुकुम (पश्चिम) – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार रुकुम पश्चिममा पनि उदघाटन सम्पन्न गरिएको छ।

नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सदरमुकाम मुसिकोटमा सुरु भएको छ । पूर्व राज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता गोपाल जि जंग शाहले एक औपचारिक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गरेका हुन ।

देशभर प्यानल बिच कडा चुनावी प्रतिस्पर्धा भइरहेकाे बेला रुकुम पश्चिममा सर्वसम्मतमै कार्यसमिति चयन हुने सम्भावना देखिन्छ। काँग्रेस रुकुमको नेतृत्वमा निर्वाचन क्षेत्र देखि केन्द्रीय प्रतिनिधि सम्म चयन गर्दा सकेसम्म सहमतिकाे बाटाे नै नेपाली काँग्रेस रुकुम पश्चिमले खाेजेकाे कार्यक्रम स्थलबाट कर्णाली प्रदेश अधिबेशन प्रतिनिधिको दाबेदार नरेन्द्र ओलीले जनसहारा अनलाइन संग बताए।

वर्तमान सभापति प्रेम प्रकाश ओली नै पुनः सभापतिमा सर्वसम्मत हुने लगभग सहमति भएको छ। सभापतिका अर्का दाबेदार मानिएका नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य समेत रहेका कृष्णबहादुर रोकायलाई कर्णाली प्रदेशको महासचिव बनाउने भएपछि सर्वसम्मत हुने पक्का देखिन्छ। ओली र राेकाय केन्द्रीय प्यानल अनुसार देउवा पक्षधर हुन। त्यस अनुसार पनि सभापति पदमा सहमति हुने देखिन्छ ।

कार्यसमित अन्य पदहरुमा पनि ओली र राेकाय निकटकालाई भागबन्डा गरेर सहमति जुटाउने प्रयास भइरहेकाे छ। पहिलो उपाध्यक्षमा रोकाय निकट रहेका हर्कसिंह खत्री हुने सम्भावना रहेको छ भने दाेस्राे उपाध्यक्षमा ओली निकटका सुरतजंग मल्ल, सचिव दुई जनामा रोकाय निकटका महेन्द्र केसी र ओली पक्षका तारक शाही, सह-सचिवकाे लागि छलफल भइरहेकाे छ। कोषाध्यक्ष पदमा हालका कोषाध्यक्ष मोहबिर खड्कालाई नै यथावत राख्ने सहमति भएकाे छ। प्रदेश प्रतिनिधिमा पनि सर्वसम्मतकाे लागि प्रयास गरिएकाे छ तर अहिले नै नामावली कसैकाे सार्वजनिक गरिएकाे छ। जिल्लाकाे टुंगो लगाए पछि सम्भव त प्रदेशकाे लागि छलफल हुनेछ।

क्षेत्रीय अधिवेशन

निर्वाचन क्षेत्र (क) को सभापतिमा कमल शाह र यज्ञ बिष्टको नाम आएको छ भने निर्वाचन क्षेत्र (ख) बाट भद्रबहादुर बिष्ट र गोरख चन्दको नाम आएकाे छ। सहमतिकाे लागि जिल्ला स्तरका नेताहरुले प्रयास गरिरहेका छन। अहिले सम्मकाे माहुल हेर्दा सर्वसम्मतमै चयन हुने सम्भावना छ।

केन्द्रीय प्रतिनिधि

गोपाल जि जंश शाहलाई खुल्ला र पूर्व सभापति समेत रहेका मानबहादुर नेपालीलाई दलित काेटाबाट पठाउने सहमति भएकाे छ। अहिले शाह र नेपाली दुवै जना क्षेत्रीय र जिल्ला समितमा सहमति जुटाउन व्यस्त छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार