मंसिर ४ राेल्पा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुनछहरी- ७ जेल्बाङकाे प्रथम ऐतिहासिक वडा अधिवेशनबाट पुर्व व्रिगेड सह-कमाण्डर राजेन्द्र राेकामगर `दिपक´ काे अध्यक्षतामम २९ सदस्यीय वडा कमिति सर्वसम्मत चयन गरिएको छ।
पार्टीको केन्द्रीय निर्णय अनुसार देश भरी आज वडा सम्मेलन गर्ने निर्णयानुसार सुनछहरी गाउँपालिका वडा नम्बर ७ सहिद नमुना गाउँ जेलबाङ रोल्पामा आज भएको वडा सम्मेलनबाट प्रसाद बिक उपाध्यक्ष,रामकुमार पुनमगर सचिव,दिलबहादुर बुढामगर सहसचिव र सरिता पुनमगर कोषाध्यक्षमा निर्विरोध चयन भएका छन।
अध्यक्षमा निर्वाचित भए पछि राजेन्द्र रोकामगर “दिपक” ले भन्नू भयो आफू सधैं निमुखा र सर्वहारा जनताको पक्षमा काम गर्ने बताउनु भयो। साथै “देश र जनताको लागि कुनै लोभ र लालचमा नफसी आफुले पार्टी र समाजको काम गर्ने” बताउनु भयो।