मंसिर ४, सल्यान – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सल्यानको दुई  प्रदेश निर्वाचन क्षेत्र मध्ये प्रदेश शभा ‘क’ मा पनि मत गणना सम्पन्न भएको छ ।
बिजय टिमको मत परिणाम हेर्दा सभापति सुरेश चन्द ३१४, उप- सभापति यज्ञ बहादुर खड्का ३१७, भुपाल शाहु २९४, सचिव चमन बुढाथोकी ३२५, प्रेम नरायण वि.क. ३२१, सह-सचिव लोक बहादुर शाही २८५, तेज बहादुर रावत २७६ रहेको छ भने विपक्षी टिमबाट सभापति गोरख बहादुर खत्री ३०३, उप- सभापति जीवराज बोहरा २९०, मान बहादुर वली २८५, सचिव धनेष बुढाथोकी २३३, रुपलाल भण्डारी २४८, सह-सचिव धनराज के.सी. २७६, लाल बहादुर बस्नेत २४९ रहेको छ । सह-सहिचव पदका उम्मेदवार दुबै पक्षका तेज बहादुर रावत र धनराज के.सी.को मत २७६ बराबर भएकोले गोलापर्थाद्वारा छनोट गरिने बताएका छन ।

प्रदेश सभा क को निर्वाचनमा जम्मा ६२४ मत खसेको थियो । उक्त निर्वाचनमा सभापति पदका उम्मेदवार सुरेश चन्दले आफ्ना प्रतिस्पर्धी गोरख बहादुर खत्रीलाई ११ मतले हराएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार