मंसिर २ राेल्पा – सहिद मार्ग अन्तर्गत माडी खाेलामा भर्खरै बेलुका करिब ६ बजेतिर बस खसेकाे छ।

दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी र परिवर्तन गाउँपालिकाकाे सिमाना तार्केबाङमा दुर्घटना हुँदा हालसम्म ४ जनाको लास भेटिएको तर सनाखत भने कसैकाे नभएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

बसमा १० जना सवार रहेकाे अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेकाले घटनाकाे थप विवरण आउन बाकी छ। तस्बिर – बुद्धिमान ओली

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार