मंसिर २ राेल्पा – जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार महिला कैदीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ।

सदरमुकाम लिबाङस्थित कारागार अनुगमन गर्ने क्रममा महिला कैदीहरुका समस्यालाई मध्य नजर गर्दै सेनेटरी प्याड वितरण गरिएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

महिला कैदीहरुको गुनासो सुन्ने क्रममा महिलाहरुलाई महिनावारी हुने समयमा समस्या हुने गुनासो सुनेपछि उनिहरुको स्वास्थ्यमा कुनैपनी समस्या र महिनावारीको समयमा असहजता नआवस भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरेको डिएसपी सुवेदीले बताए।

यस अघि जिल्लामा अवैध रुपले खेती भइरहेका लागू औषध गाजा,अफिम नष्ट,पहिरोले बिग्रदा सहिद मार्ग मर्मत जस्ता विभिन्न काम गरेको रोल्पा प्रहरीले विद्यालयमा बिद्यार्थीहरुलाई विभिन्न सचेततामुलक कक्षा दिने लगाएत थुप्रै कार्यहरू गरेको छ।डिएसपी नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएर आएएता सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रहरीले प्राथमिकतामा राखेको छ।जसबाट रोल्पाका जनताहरुले प्रहरीबाट प्रत्येक्ष रुपमा सहयोग तथा न्यायको अनुभुती गर्न पाएका छन्।

प्रहरी अधिकृतहरु मध्ये एक अब्बल छवि बनाएका डिएसपी शुबेदीले रोल्पा जस्तो भौगोलिक बिकटताले भरिपुर्ण जिल्लामा समेत शान्ति सुरक्षा र समाजमा अमयनचयन कायम गर्न निकै खट्ने गरेका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार