श्रावण २८ डाेटी – आज बिहान बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछामकाे चौरपाटा गाउपालिकाकाे लागि ४४ जना यात्रुु सवार ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बिहान ६ बजेतिर दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।
घाइते भएकामध्य २६ जनाको उद्धार गरी जिल्ला अस्पताल डोटीमा लिइएको छ भने अन्यको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।