मंसिर १ राेल्पा – शाखा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका वडा नम्बर १ फुलिबनको अभिभावक भेला,देउसी भैलो समिक्षा तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

सुनछहरी गाउँपालिका कार्यपालिका सदस्य तथा १ नम्बर वडा अध्यक्ष महावीर रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,शिक्षक अभिभावक संघका अध्यक्ष तिलबहादुर बिक,विद्यालयका प्रधानाध्यापक खिमबहादुर बिष्ट , विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु अनुप्रसाद बिक,आसपुरे घर्तीमगर,रौनेधुरी युवा समुह फुलिबनका अध्यक्ष सागर घर्तीमगर,दलित संगठन सुनछहरी गाउँपालिकाका अध्यक्ष पुर्ण गोतामे,विद्यालय आर्थिक समितिका संयोजक जितमन घर्तीमगर लगाएतको आतिथ्यता रहेको थियो।

विद्यालयका २०७८ सालको शुभ दिपावलीको अवसरमा आयोजना गरेको देउसी भैलोको आय- व्यय सार्वजनिक गर्नुको साथै समिक्षा समेत गरिएको छ। उक्त देउसी भैलो कार्यक्रमबाट जम्मा रु १ लाख ४ हजार ७ सय ३६ रुपैयाँ मध्य खर्च १७ हजार ९ सय ९५ रुपैयाँ कटाई ८६ हजार ७ सय ४१ रुपैयाँ विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार लगानी गर्ने निर्णय गरिएको प्रधानाध्यापक खिमबहादुर बिष्टले बताउनु भयो।

कार्यक्रममा विद्यालयले शुभ दिपावली २०७८ काे अवसरमा देउसी भैलो कार्यक्रममा सहभागी विद्यार्थी कलाकार, नृत्य प्रशिक्षक, अभिभावक, शिक्षक,उत्कृष्ट कलाकार र सबैभन्दा बढी दानदिने ४ जना दानबिरहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ। साथै २०७८ साल देखि कक्षा ६ संचालनको लागि आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महावीर रानामगरले भन्नु भयो “साहित्य,नृत्य,कला जस्ता कुराहरुलाई बिधालयमा संचालन हुने शुक्रबारीय कार्यक्रममा प्राथमिकता दिनु पर्ने” बताउनु भयो।साथै उहाले भन्नू भयो ” विद्यालय समाजको एउटा उज्यालोको प्रतीक भएकोले सबैले मिलिजुली थप विकासमा जोड दिन अनुरोध गर्नु भयो।”
कार्यक्रममा शुभकामना मन्तव्य सबैभन्दा बढी सहयोग गर्ने सहयोगीदाताहरु मध्यबाट मतिराम बिक,गाउँपालिका दलित संगठनका अध्यक्ष पुर्ण गोतामे,प्रधानाध्यापक खिमबहादुर बिष्टलगाएतले राख्नु भएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बासे बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जुनिस कुमार बिष्टले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार