कात्तिक २२ सल्यान – आगलागीबाट दुई घर जलेर पुर्णरुपमा क्षति हुनुका साथै लाखौं नगद सहित जलेर नष्टभएकाे छ।
जिल्लाकाे दार्मा गाउँपालिका वडा -१ कोटगाउँका सुरेश चन्द र दाेर्ण चन्द काे घरमा आइतबार साझ आगलागी भएकाे हाे। आगलागीबाट घर सहित समान, अन्नपात, लत्ताकपडा गरि करिब १५ लाख बराबर तथा नगद ४ लाख जलेर नष्ट भएकाे पिडित परिवारले बताएको छ।
आगलागी आफ्नाे घरायसी गलतीबाट नभएको पनि पिडितहरुले बताएका छन। कसैले व्यक्तिगत रिसिबीकाे कारण घरमा आगाे लगाइदिएकाे गुनासाे गरेका छन।
दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीका अनुसार आगलागी कसले र किन लगायाे भन्ने अहिले नै केही भन्न नसकिने बताए। जनसहारा अनलाइन संग कुरा गर्दै अध्यक्ष केसीले भने; `पिडित परिवार अब किटानी जाहेरी दिने तयारीमा छन।´`त्यसपछि मात्रै एकिन हन्छ।´
त्यस्तै पिडित परिवारलाई राहतकाे लागि स्थानीय तह,जिल्ला प्रशासन र प्रदेश सरकारले दिने राहतका लागि आवश्यक प्रक्रिया अघि बढाइएकाे समेत अध्यक्ष केसीले बताए।