कात्तिक २२ सल्यान – जिल्लामा फेरि अर्काे सडक दुर्घटना भएकाे छ। आइतबारकाे खारखाेला बस दुर्घटना सेलाउन नपाउदै फेरि आज साेमबार जिप दुर्घटनामा परेकाे छ।

सल्यान कालिमाटीबाट दाङकाे तुलसीपुरका लागि छुटेकाे यात्रु वाहक भे १ ज ५२२ नम्बरको जिप करिब बिहान ९ बजे सल्यान र दाङको सिमाना एक्लेवर नजिक दुर्घटनामा परेकाे हाे।

दुर्घटनामामा परि १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य धेरै गम्भीर घाइते रहेकाे बताएको छ। अहिले उद्दारकाे काम भइरहेकाले बाकी विवरण आउन बाकि रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार