कात्तिक २१ सल्यान – जिल्लाकाे दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर जाँदै गरेको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

बस सडकदेखि करिब १५० मिटर तल खोलामा खसेको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार विस्तृत विवरण आउन बाँकि छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार