कात्तिक १९ दाेलखा – जुवा खेल्दै गरेकाे अवस्थामा नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा सहित १८ जनालाई नगद रकम सहित प्रहरीले पक्राउ गरेकाे छ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापामार्दा सभापति लामा सहित १८ जना जुवाखालमा भेटिएका हुन। उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामद गरिएको र जुवा खेलाउने घरधनी फरार रहेकाले खाेजिकार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार