कात्तिक १९ सर्लाही – लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी हुदा लाखौकाे क्षति भएकाे छ। ईश्वरपुर नगरपालिका–७ बयलवास बजारस्थित ब्रह्मबाबा चोकमा रहेको श्याम मैनालीको घरमा आगलागी गएराती आगलागी भएको हाे।
बिहीबार राति करिब १ बजे काठ र टायलले छाएको दुई तले घरमा लक्ष्मी पुजा गरि बालिएकाे दियाेबाट आगलागी हुदा घर पूर्णरुपमा जलेको छ। माथिल्लो तलामा बाट सल्किएकाे दियाेकाे आगाे सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले सञ्चालन गरेको ट्रयाक्टर सोरुममा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगलागीमा सोरुमभित्र रहेको दुईवटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको छ। प्रहरीकाे प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उनका अनुसार, स्थानीयवासी, प्रहरी र हरिवन तथा मलंगवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।