कात्तिक १२ काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको विज्ञप्ति मार्फत जनाएकाे छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्यास सहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य वृद्धि गर्नुपर्ने बाध्यता भएकाे विज्ञप्तिमा जनाएको छ। पेट्रोलको साविकको बिक्री मूल्य भन्दा तीन रुपैयाँले वृद्धि गरेेेेेकाे छ याे संगै पेट्रोलकाे मुल्य एक सय ३३ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।
हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ। एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी एक हजार पाँच सय रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१.२२ रुपैयाँ घाटा हुने निगमको दाबी छ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार