कात्तिक ११ सल्यान – बिहानै सल्यानमा यात्रुवहाक बस दुर्घटनामा परेकाे छ।

सल्यान बागचौर नगरपालिका ९ पातिहाल्नाबाट दाङकाे तुलसीपुरका लागि छुटेको ना ३ ख २४९१ नम्बरको बस दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जनसहारा अनलाइन संग बताए।

बागचौर पातिहाल्न भित्रि सडक खण्ड स्थित पातिहाल्न बजारबाट बस छुटे लगत्तै विपरीत दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिनेक्रमा बिहान करिब ९:४५ बजे सडक छेउमै पल्टिएकाे हाे। उक्त बसमा दश जना यात्रु सवार रहेकाेमा सबै सकुशल रहेका छन।

घटना भएलगत्तै अस्थायी प्रहरी पाेष्ट पातिहाल्नबाट प्रहरी सहायक निरीक्षक पुर्ण बहादुर थापाकाे नेतृत्वमा गएकाे प्रहरी टाेलीले बस चालक सल्यान शारदा नगरपालिका १५ का ३३ वर्षिय डिल्ली विक र ट्याक्टर चालक बागचौर नगरपालिका ९ का सुदन वलीकाे कागजपत्र चेक जाँच गरेकाे र मदिरा दुवै चालकले सेवन नगरेकाे पाइएकाे छ। साघुराे कच्ची सडक भएकाले सडक छेउ भासिदा दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार