कात्तिक १० राेल्पा – गुरिल्ला पद मार्ग अन्तर्गत सहिद नमुना गाउँ जेलबाङ,जलजलाको बेस क्याम्प ओखरेनी छेडा हुँदै जलजला थबाङकाे आन्तरिक भ्रमणमा आएका पद यात्रा टोलि प्रकृति प्रेमी समुह काठमाडौंका ५५ वर्षीय ज्ञानीमाया श्रेष्ठलाई जलजलाबाट हेलिकप्टर मार्फत मंगलबार उदार गरिएको छ।

साता व्यापी आन्तरिक भ्रमण आएको पद यात्रा टोलि प्रकृति प्रेमी समूह काठमाडौंका १५ सदस्य मध्य श्रेष्ठ जलजलामा आफ्नो क्याम्प देखि मेश क्याम्पमा जाँदै गर्दा तुसारोमा जुत्ता चिप्लिएर लडेपछि खुट्टा भाचिएको ग्रामिण पर्यटक अभियान्ता एवं ट्रेकिङ गाइड पृथ्वी पुनमगरले बताउनु भयो।

जलजलामा तुसारोमा चिप्लिएर खुट्टा भाचिए पछि समस्यामा रहेका आन्तरिक पर्यटकहरु लाई ट्रेकिङ गाइड तथा गेमी होमस्ते सुनछहरी गाउँपालिका -७ जेलबाङका अध्यक्ष समेत रहेका बुढामगरले उपराष्टपतिका स्वकीय सचिव सुकबहादुर रोका `सरद ´लाई उद्दारका लागि अनुरोध गरेपछि पोखराबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले श्रेष्ठको उदार गरेको थियो।

श्रेष्ठको उपचार अहिले काठमाडौंमा सामान्य स्थितिमा भई रहेको छ। उहाँको खुट्टा भाचिएको नै रहेछ आज मात्र अस्पतालको रिपोर्ट आएको रहेछ। हामीले जलजलामा आएका पर्यटनलाई समयमै उदार गरि अस्पतालमा पुर्याउन सफल भयौं बुढाले भन्नू भयो।
कोभिड -१९ पछि कोरोना भाइरसले थलापरिएको आन्तरिक पर्यटन बल्ल फस्टाउन थालेको छ। प्रकृति प्रेमी समुहको टिम स्वर्गद्वारी प्युठान,रोल्पा जेलबाङ जलजला थबाङ हुदै लिबाङ सम्मको यात्रामा निस्केका आन्तरिक पर्यटनहरु कोभिड पछिको पहिलो आन्तरिक पर्यटन हुन्।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार