श्रावण २५ काठमाडौ – गोंगबु गणेशस्थान नजिक कालाे सुटकेस भित्र एक पुरुषको शव फेला परेको छ। महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार टाउको विनाको शव सुटकेसमा फेला परेको हो । सुटकेसमा टाउको नभयकाे र घुँडामाथिको शव राखिएको थियो।
प्रहरीले कुकुरको सहायताबाट शव भएको सुटकेसको पूर्वोत्तर ३ सय मिटर टाढा झाेलामा टाउको र खुट्टा फेला पारेको छ। मृतकको पहिचान खुल्न सकेकाे छैन ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिहान करिब पौने सात बजेतिर स्थानियले सङकास्पद सुटकेस भयकाे खबर प्रहरीलाई गराय लगतै महानगरीय प्रहरी परिसरबाट परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली सहितकाे प्रहरी टाेलि घटनास्थलमा पुगेकाे थियो ।