कात्तिक ७ सल्यान – सल्यानबाट दाङकाे लागि छुटेकाे ८ जना सवार डवल क्याप जिप आइतबार बिहान करिब ७:५० बजे कपुरकाेट गाउँपालिका ३ मुलपानीमा दुर्घटना हुदा १ जनाकाे मृत्युु हुनुकाे साथै ७ जना घाइते भएका छन।

थारमारेबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको डवल क्याप मुलपानी नजिकैै सडकबाट करिब १०० मिटर तल खाेचमा खसेकाे थियाे। दुर्घटनामा परी बागचौर नगरपालिका वडा नंं.१ ठीनबाङ जिउलाका १६ बर्षिया आशिष बस्नेतको बिहान १०:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

उक्त घटनामा परि बागचौर नगरपालिका वडा नं. १ ठीनबाङ जिउलाका २२ वर्षिया मनोज बस्नेत,१४ वर्षिया आयुष बस्नेत, बागचौर नगरपालिका २ की २७ वर्षीया सिता वली, वडानं. १ की ३५ वर्षिया बविता रावल, उनका ११ बर्षिया छोरी एसिका रावल, बानपा २ का १९ वर्षिया अर्जुन केसी र बानपा २ कै गाडी चालक हिक्मत पुनमगर घाइते भएको प्रहरीले बताएको हो ।

६ जना घाइतेहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा भैरहेको छ भने ३५ बर्षिया बविता रावललाई नेपालगंज रिफर गरिएको प्रवक्ता प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार