असाेेेज २९ काठमाडौँ – न्यायकाेे माग गर्दै निरन्तर आन्दोलन गर्दै आएकि अधिकारकर्मी बाँकेकि रुबी खानले विजया दशमीकाे दिन पनि माइतीघर मण्डलाबाट न्यायकाे ढाेका ढकढक्याएकि छन।

प्रहरीले बहुविवाह आराेपमा खानलाई पक्राउ गरेपछि सर्वाेच्चले पुनः धरपकड नगर्न रिहाइको आदेश दिएसंगै उनी बिहीबार रिहा भई निरन्तर आन्दोलनकाे नेतृत्व गरिरहेकि छन। अहिले देशभर दसैंको तामझाम चलिरहेको बेला मलिन अनुहार,आखाँमा टिलपिल आँशु, खुट्टामा कतै फाेका, कतै फुटेका घाउ, थकित भइ गलेकाे शरीर, छातीमा माग पर्चा टासेेेर रुबी खान भने माइतीघर मण्डलामा न्यायको खोजीमा आमरण अनसन बसेेेर सरकारकाे ध्यानाकर्षण गराइरहेकी छन। खानलाई प्रहरीले पक्राउ गरि बाँके लिएपछि हिरासत भित्रबाट आमरण अनसन सुरु गरेकि खानले विजया दशमीकाे दिनमा आठौं दिनमा आमरण अनसन जारी राखेकी छन् । विजया दशमीकाे दिन बिहान ११ बजेबाट बेलुका ४ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन जारी राखेकाे खानले जनसहारा अनलाइनलाई बताएकि छन।

बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै उनीसहित गत साता बाँकेदेखि २० दिन हिँडेर काठमाडौ आएकाहरु माइतीघरमै धर्ना बसिरहेका छन्। न्याय नपाए सम्म आन्दोलन जारी रहने खानले बताएकि छन।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार