असाेज २२ काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको करिब तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
देउवाले आज २१ मन्त्री र ३ राज्यमन्त्रीकाे नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ।
यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्री, देवेन्द्र पौडेल शिक्षा,विज्ञान तथा प्रविधि, उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारी दिइएको छ। देउवाले नयाँ मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ खुवाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
सरकारको नेतृत्व सम्हालेको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएनन्। देउवाले उपप्रधानमन्त्री नबनाएपछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरीयतामा परेका छन्।
कांग्रेसमै पनि उपप्रधानमन्त्री पाए सरकारमा जान सुजाता कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले इच्छा जनाएपछि व्यवस्थापन गर्न नसकिने भएर देउवा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने निर्णयमा पुगेका हुन्।