असाेज १५ राेल्पा -चाडपर्वमा यात्रुहरुको सहयोगको लागि जिल्ला सदरमुकाम लिबाङमा जिल्ला प्रहरी कार्यालय राेल्पा र जिल्ला ट्राफिक कार्यालय राेल्पाले यात्रु सहायता कक्षको स्थापना गरेकाेे छ।

आउदै गरेका चाडपर्वहरु दशै,तिहार र छटपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले चार्डपर्व लक्षित एकीकृत सुरक्षा याेजना जिल्लाभर लागू गरि कार्यनयनमा ल्याएकाे घाेषणा सहायता कक्ष उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले गरेका थिए। सहायता कक्ष जिल्ला प्रहरी कार्यालय अगाडि बसपार्कमा स्थापना गरिएको छ।

बिहिवार बसेकाे जिल्ला विपत व्यवस्थापन समितिबाट चारवटा सुरक्षा निकायहरु परिचालन गर्न पाउने अनुमाेदन भए पछि नागरिकलाई कानुनी शासनको प्रत्याभूति दिलाउन प्रभावकारी तवरले सबै सुरक्षा युनिट परिचालन गरि शान्तमय र भयरहित वातावरण बनाउन प्रहरीकाे उपलब्धिमुलक Line of action लाई आत्मासाथ गर्दै जिल्लाभरका सबै प्रहरी इकाईहरुलाई निर्देशन सहित परिपत्र गरिएको छ। चाडपर्वहरुकाे समयमा विभिन्न ठाउँहरु भिडभाड हुने क्षेत्र जस्तै: व्यापारीक केन्द्र, धार्मिक स्थलहरु,आर्थिक काराेबार हुने स्थानहरुमा पनि सुरक्षा निकाय बढाइने र कुनै विशिष्ट व्यक्तिहरु जिल्लामा भित्रिने भए सुरक्षार्थ प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख नरेशराज सुवेदीले बताए ।

सार्वजनिक तथा भाडाका सवारी साधनहरु चेकजाँच गरि यात्रुहरुबाट बढी भाडा लिने, सेवा सुविधा नदिने, काेभिड १९ स्वास्थ्य प्रोटोकल पालना नगर्ने, आरक्षण गरिएको सिट को सुनिश्चित नगर्ने गाडी चाुलक र सहचालक अनि सन्चालक समेतलाई कारबाही गरिने छ। काेभिड १९ काे अहिलेकाे अवस्थामा सकेसम्म भिडभाड हुने किसमका कुनै कार्यक्रम, भाेज, मेला लगाउने जस्ता कार्यहरु नगरी सबैकाे स्वास्थ्यकाे ख्याल गरि सुरक्षित रुपमा मनाउन हुन र आफू नजिक जुनसुकै घटना भए वा काेहि कसैलाई जुनसुकै अप्ठ्यारो परेकाे नजिककाे प्रहरी कार्यालयमा तत्काल जानकारी गर्न समेत जिल्ला प्रहरी कार्यालय राेल्पाले आग्रह गरेकाे छ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार