कहिले छहरा कहिले थोपा छर्छन् किन
पोख्दै र छर्दै कहिले उठाउदै गर्छन् किन

बुझ्नै सकिएन गरेको के हो बुझ्नु कसरी
बढ्दै अगाडि,हुत्तिदै पछाडी सर्छन् किन

घरीघरी मान्छेहरुअन्न जस्तै लाग्छन हेर्दा
कहिले,ओइरो कहिले घानमा पर्छन् किन

चढ्दै नचढ्नुनी भेउ नपाउनेले उकालोको
मोडमा पन्छाउदै भिड ओरालो झर्छन् किन

पानी पर्लापर्ला जस्तो गरि छाउछन बादल
अनायसै बतासले उडाएझै यसै टर्छन् किन ।।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार