भदौ ८ कालिकाेट – केही दिन देखि बेपत्ता भएकी किशोरीकाे घर नजिकै कुहिएको अवस्थामा शव फेला परेकाे छ।

खाडाचक्र नगरपालिका वडा नं ६ कि १६ वर्षिय निरु बिकको घर नजिकै मकैवारीमा शव भेटिएकाे हाे। गत ४ गते मन्दिर जान्छु भनी घरबाट निस्किएकी किशोरी साेमबार आफ्नै घर नजिक मकैबारीमा आधा शरीर कम्मरमुनि सबै जंगली जनावरले खाएर हड्डि मात्रै रहेको र बाकी अन्य भाग कुहिर किरा परेकाे अबस्थामा शव भेटिएको छ।

बलात्कार पछि हत्या भएकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ। यद्यपि अहिलेसम्म त्यस्तो कुनै प्रमाण भने नभेटाएकाे र किशोरी हराएको परिवारले कुनै जानकारी नगरेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएकाे छ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार