जेठ २४ सल्यान – शव बाेकेकाे जिप दुर्घटना हुदा सात जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ८ आगरनेटामा दुर्घटनामा परेको हो ।
जिप नेपालगन्जबाट बनगाड नगरपालिका १० थापाचौरका एक स्थानीयकाे शव ल्यायर आएकाे भे १ च ३६६९ नम्वरको डवल क्याप जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जनहितमा जारी सन्देश
घटनामा घाइते हुनेहरुमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाका २६ वर्षिय बल बहादुर कवर, सोहि ठाउँ बस्ने ४० वर्षिय गाडि साहु होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौर बस्ने २१ वर्षिय आईतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिय हुर्मति थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोप बहादुर घर्ति रहेका छन् ।
घाइते मध्ये ४ जना जनालाई उपचारको लागी नेपालगंज लगिएकोमा दुई जना डिस्चार्ज भइसकेको र अन्य दुई जना पनि खतरामुक्त रहेका छन । अन्य तिनजना जिल्ला अस्पताल सल्यानमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलेले बताए।

जनहितमा जारी सन्देश