जेठ २२ काठमाडौ – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनेे लगत्तै राजेन्द्र महतो चौतर्फी विवादकाे केन्द्रविन्दु बनेका छन। ‘बहुल राष्ट्र’को विषय उठाएर दिएकाे उनकाे अभिव्यक्तिले राजनीतिमा अहिले कल्पना नगरेकै हलचल ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका कतिपय नेताले पनि महताेकाे खुलेर विराेध गरेका छन। त्यस्तै ओलीसंग असन्तुष्ट माधव-खनाल समुह, अन्य विपक्षी दल, विद्यार्थी भातृ संगठनहरु लगाएतले व्यापक विराेध गरि देशका विभिन्न ठाउँमा महताेका पुत्ला दहन समेत गरिसकेका छन।

मध्यरातमा सच्याए आफ्नो अभिव्यक्ति

चौतर्फी आलोचना भएपछि महतोले मध्यरातमा विज्ञप्ति जारी गरि अभिव्यक्ति सच्याएका छन। महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन्। राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्; ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हु।´

उपप्रधानमन्त्री महताेद्वाराा सार्वजनिक विज्ञप्ति

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार