जेठ १८ काठमाडौ – पछिल्लो समय सामाजिक सञ्जाल मार्फत नै सामाजिक अभियान्ता बढेकाे पाइन्छ । उसाे त कतिपयले रकम संकलन गरेर दुरुपयोग गरेका उदाहरण पनि धेरै छन।
सामाजिक सञ्जालबाट नै विश्वास दिलाउन सक्ने र वास्तविक रुपमा समाजका लागि सकारात्मक साेच लिएर अभियान थालनी गरेका मध्येे एक हुन नेपाल सरकारका पुर्व सचिव भीम उपाध्याय उनले कसैलाई अनुराेध नगरेर पनि उनी संग देश विदेशबाट सम्बन्धित ठाउँ सम्म सहयाेग पुर्याइदिनु भनेर आर्थिक रकम आउनेे गर्छ। साेहि अनुसार उपाध्याय सबैकाे विश्वास पात्र लाेकप्रिय बनेका छन।

जनहितमा जारी सन्देश
उपाध्यायले पछिल्लो विगत नौ महिना यता १ करोड ८७ लाख भन्दाबढी रकम प्राप्त गरि विभिन्न पिडित व्यक्ति, गौरवका याेजना लगायत विभिन्न क्षेत्रलाई हस्तान्तरण गरेकाे बताएका छन। सामाजिक सञ्जाल मार्फत सबै रकम र हस्तान्तरण निकाय सहित लेखाजाेखा सार्वजनिक गरेका छन।
आफुसंग सहकार्य गर्ने सबै सहयाेगी प्रति धन्यवाद दिदै उनी लेख्छन्; विगत ९ महिना यता मैले गरेको यी अभियानको अपिलमा उदार मनले देश विदेशमा रहेका नेपाली दाताहरूबाट प्राप्ताकै बैंक खातामा सीधै सहयोग रकम जम्मा भएको छ।
दुखित, गरिब, पीडितहरू तथा विपन्न समुदायका परिवारलाई सहयोग गर्न विगत ६ महिनामा मैले गरेको अपिललाई सहर्ष स्विकार गरेर सहकार्य गर्दै देश विदेशका नेपाली दिदीबहिनी दाजुभाईहरूले उदार मनले मानवताको भावनाले पुर्याउनु भएको सहयोगरूपी केही पुण्य कार्यहरू (कूल सहयोग रू २ करोड ८७ लाख)-
१. क्यान्सर पीडित झापाकी ४५ वर्षीया शारदा भट्टराई रू ७ लाख सहयोग, (देहान्त)।
२. डडेलधुराकी गरिब ९ वर्षीया बालिका अनिता भण्डारीको पढाईका लागि रू १ लाख सहयोग ।
३. विदेशमा कामगर्ने पतिको निधनबाट पीडित बाराकी विधवा रूक्साना खातुनका लागि राहत रू १ लाख २५ हजार सहयोग ।
४. जनयुद्धकी पूर्व लडाकू घरबिहिन हुम्लाकी उषा थापा मगरको बर्दियामा नयॉ घर निर्माण करिब रू ६ लाख सहयोग।
५. क्यामारूनबाट नेपालमा आएका विदेशी खेलाडी ड्याडी वाम्बालाई घरफिर्ता गर्न रू १ लाख २५ हजार सहयोग ।
६. रोल्पाका १६ वर्षिय किशोर ठेकेन्द्र बिकलाई पढाउन रू १ लाख २५ हजारको कोष सहयोग ।
७. दैलेखकी ६ वर्षीया छाला रोग पिडित बिपना कठायतलाई कान्तिबालमा सबै निशुल्क उपचारसहित रू ५० हजार अन्य खर्च सहयोग ।
८. प्युठानका गरिब १३ वर्षीय पहिरोपीडित दुबै खुट्टा नराम्ररी घाईते भएका जीवन पुन मगरको दुबै खुट्टाको बी एण्ड बीअस्पतालमा शल्यक्रियाका लागि रू ६ लाख सहयोग ।
९. सर्लाहीका उखु किसान गगनदेव राय यादवको जग्गा लिलामीबाट जोगाउन रू ३ लाख सहयोग ।
१०. दलित परिवारका एमबीबीएस पाचौँ वर्षमा अध्ययनरत रामजी रामको खर्चका लागि रू २१ लाख सहयोग ।
११. क्यान्सर पीडित दार्चुलाका युवा नरेन्द्र पालका लागि सहयोग रू. ३० हजार ( देहान्त ) ।
१२. क्यान्सर पिडित बझाङका नविन खड्काका लागि सहयोग रू ३ लाख, (देहान्त) ।
१३. सुकेधारा काठमाण्डौँमा गरिव ठेलावाली मन्जु कुवँर क्षत्रीलाई रू ८ लाख सहयोग ।
१४. नेपाली रकेट गरूड बनाएर अमेरिकामा प्रतिष्पर्धा प्रदर्शनीमा लागिपरेका युवा टेलेन्ट प्राविधिक टोलीलाई रू ८ लाख सहयोग ।
१५.अछाम कमलबजारस्थित श्री कालिका विद्यालयका बालबालिकाका लागि डेस्क बेन्च खरिद गर्न र जिर्ण स्कूल भवन मर्मत गर्न रू १० लाखको सहयोग ।
१६. महाबीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई रू ४७लाख ५० हजार दान।
१७. दैलेखकी विपन्न किशोरी ईन्द्रा शर्मालाई वकालत पढ्न रू १ लाख २० हजार कोष सहयोग।
१८. बरिष्ठ ईन्जिनियर नियाज अहमदको उपचारका लागि रू २५ लाख सहयोग (देहान्त)
१९. कान्ति बाल अस्पतालमा उपचाररत ३ महिने बालिकाको उपचारका लागि रू १६ हजार सहयोग ( देहान्त)।
२०. मकवानपुर राक्सिराङको आधारभूत विद्यालयका गरिव चेपांङ, तामाङ ससाना बालबालिकाका लागि २५५ सेट न्यानो लुगा सिलाएर रू २ लाख सहयोग।
२१. बैतडी सिगासका ३ जना विपन्न टुहुरा दमाई जातिका बालिकाका लागि जीवनयापन र शिक्षा खर्च रू २ लाख ४० हजार सहयोग ।
२२. चिकित्सा शास्त्र अधययन स्स्थान महराजगंजमा MBBS तेश्रो वर्षमा पढ्दै गरेका आर्थिक अवस्था कमजोर मगर संगीत छन्त्याल भाइको कानको सर्जरी खर्चका लागि रू ६ लाख सहयोग।
२३.उपल्लो डोल्पाको विकट गाउँ लुरीको त्रिपिटक स्कूल निर्माण र संचालनका लागि रू १९ लाख ५० हजारफण्ड संकलन ।
२४. ईलामको माईजोगमाई निवासी विपन्न पूर्णे लिम्बू दम्पत्तिका लागि नयॉ घर निर्माणका लागि रू ३ लाख सहयोग।
२५. झापा विर्तामोडकी विपन्न विरामी कल्पना बास्तोलाको उपचार गरी रू ५० हजार सहयोग।
२६. अछामकी विपन्न किशोरी मन्सरा बुढाको हिप बोन फेर्न रू ५ लाख सहयोग।
२७.मकवानपुरको विकट राराङका गरिब चेपांग बस्तिमा लुगा र खाद्यान्न सहयोग गर्न ढुवानीका लागि रू १० हजार सहयोग।
२८. गुल्मीका मेखबहीदुर पेमी मगरको बोनम्यारो उपचारका लागि रू २५ लाख सहयोग।
२९. मृगौला पीडित संसद सचिवालयका कर्मचारी कृष्ण लामिछानेलाई रू २५ हजार सहयोग।
३०. दोलखाका डिल्लिबहादुर खड्कालाई उपचारका लागि रू ५० हजार सहयोग।
३१. जनमैत्री अस्पताल संचालनका लागि रबि लामिछानेको टिमलाई रू २ लाख २५ हजार सहयोग।
३२. हेमराज थापालाई कोभिडमा राहत पुर्याउन रू २५ हजार सहयोग।
३३. बब्लु यादवले संचालन गरेको आईसोलेसन सेन्टरलाई रू २० हजार सहयोग।
३४. निशुल्क अक्सिजन वितरण अभियानका लागि Hamro Team Nepal लाई रू ६१ लाख सहयोग।
कूल रू २ करोड ८७ लाख।
सबै दाता र सहकर्मीप्रति आभार र 🙏नमन!
इशा गुरुङSunita GurungJanaki Pant JoonKumud PantSabi Sabi PokharelDeepa GiriBimal PantUmesh BoharaMahabir Pun