जेठ ७ काठमाडौ – नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनले बहुमत जुटाएको दाबी गरेका छन्।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएपछि विपक्षी दलहरु संयुक्त छलफलमा छुटेका थिए। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संयुक्त विपक्षी गठबन्धनको बैठकले १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरेको नेता काङ्ग्रेस नेता गगन थापाले जानकारी दिए।

जनहितमा जारी सन्देश

नेताहरु १४९ सांसदको हस्ताक्षर जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास गएका छन। संयुक्त विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकाे थापाले जानकारी दिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार