जेठ ५ काठमाडौँ — बुधबार बिहानैै काठमाडौ सहित देशका विभिन्न जिल्लामा भुकम्पकाे महशुस गरिएकाे छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । तर भूकम्पबाट याे समाचार तयार पार्दा सम्म कुनैपनि ठाउँबाट के कति क्षति भयो भन्ने जानकारी नआएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ।

काठमाडौं उपत्यका सहित भूकम्प केन्द्रबिन्दु भएको लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत राेल्पा, सल्यान, दाङ समेत महसुस गरिएको थियो ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार