बैशाख २८ राेल्पा – विश्व व्यापीरुपमा महामारीको रुपलिएर फैलिरहेकाे काेराेना भाइरसले मानव जगतलाई तहसनहस बनाइरहेका बेला राेल्पाकाे गंगादेव गाउँपालिकामा भने स्थानीय सरकार र स्थानीयकाे अलगअलग मतमा विभाजित देखिएका छन। यद्यपि गंगादेवकाे लागि याे विषय विवादित कुरा कुनै नौलाे भने हैन।
उक्त गाउँपालिकामा काेराेनाबाट एक जनाकाे निधन समेत भइसकेकाे छ। भने पालिका अन्तर्गतका कर्मचारी र जनप्रतिनिधि सहित ४२ जना र अन्य स्थानीय बासिन्दामा मिल्दोजुल्दो लक्षण प्रायःजसो सबैमा छ। यस सन्दर्भमा वडा नम्बर ३ मा नै काेराेनाबाट एक जनाकाे ज्यान गइसकेको र अन्य संक्रमितहरु पनि हुन सक्ने भन्दै वडा नम्बर ३ का केही स्थानियले पटकपटक गाउँपालिकालाई स्वास्थ्य व्यवस्थापन गर्न आग्रह गरे तर ध्यानाकर्षण नभएको भन्दै स्थानीय आक्राेशित भएका थिए।

जनहितमा जारी सन्देश
अब पालिकाकाे भर नपरेर आफ्नाे समुदाय आफै बचाउन वडा नम्बर ३ का युवाहरुले स्वास्थ्य सामाग्री खरिद गरि केही राेकथामकाे प्रयास स्वरुप माेबायल स्वास्थ्य अभियान चलाए। अभियानकाे सुुरुवात गर्न बितिकै देश तथा बिदेशमा रहेका स्थानीय युवा मार्फत आर्थिक सहयाेग आउन थाल्याे र केही स्वास्थ्य सामाग्री समेत खरिद गरिएको अभियान्ता युवाहरुले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन। तर अहिले स्थानीय सरकार उक्त अभियान माथि तगारो बनेर आए जस्तो देखिन्छ।
के भन्छ स्थानीय सरकार ?
गाउँपालिका भित्र धेरै जसाे कर्मचारी नै संक्रमित भएकाे अवस्थामा पनि स्वास्थ्य क्षेत्र र अहिलेकाे अवस्था हेरेर स्वास्थ्यकर्मि सहितकाे टाेली फिल्डमा नै रहेकाे गाउँपालिका प्रशासन बताउछ।
पहिले संक्रमित रहेकाहरु काेराेेेेना जित्ने क्रममा छन भने कन्ट्याक्ट् ट्रेसिङकाे आधारमा र मिल्दोजुल्दो लक्षण भएका ५९ जनाको पि.सि.आर चेकको लागि स्वाव पठाएको छ ।गाउँपालिकाले चार वटा स्वास्थ्य चौकी र तिन वटा आधारभुत स्वास्थ्य केन्द्रबाट दैनिक रुपमा स्वास्थ्य सेवा नियमित रहेकाे छ। अब अक्सिजन सहितकाे आइसाेलेशन बनाउने तयारीमा रहेकाे गाउँपालिका बताउँछ।
उक्त अभियानकाे बारेमा गाउँपालिकाले आफू संग कुनै समुन्वय नगरेर स्थानीयलाई त्रसित र सस्तो लाेकप्रियता कमाउने गरि स्थानीय सरकारलाई लत्याएकाे आराेप गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले लगाएका छन। अध्यक्ष खत्री भन्छन;`याे अवस्थामा सचेतना,सावधानी संगै जसले जुन क्षेत्रबाट सक्छ काेभिड राेकथाममा लाग्ने हाे,तर स्थानिय सरकारसंग समुन्वय नगरेेेर चन्दा उठाएर ठग्न मिल्दैन।´उनी भन्छन `एकद्वार प्रणाली अपनाएर गरेको भए राम्रो हुन्थ्यो । नेपाल सरकार ,स्थानीय सरकारको नियम विपरित पालिकालाइ बाइपास गरेर पुर्वाग्रह सहित गर्न मिल्दैन।´`गाउपालिकाले स्वास्थ्य चौकी, आधारभुत केन्द्र स्वास्थ्यकर्मी मार्फत काम गरिरहेको छ।´ `पालिका संग समन्वय नगरि गर्ने कुरा स्विकार्य छैन´। `फेरि काेभिड नियन्त्रण बाहानामा चन्दा उठाउनु गलत हाे त्यसकाे लागि केन्द्र, प्रदेश र स्थानीय सरकार लागेका छन।´`बरु अन्य विकास निर्माणका काम थाति राखेर पालिकाले काेभिड नियन्त्रणमा बजेट लगाउँछ जनतालेे चन्दा दिनु पर्दैन।´`त्यसैले पालिकाकाेे तर्फबाट जिल्ला प्रमुख अधिकारी नवराज सापकाेटा समक्ष मौखिक जानकारी गराइसकेकाे छु।´
याे अभियानमा जनप्रतिनिधि वडा नम्बर ३ का अध्यक्ष पनि सहभागी भएकाेे खबर छ यसरी त पालिका संग समुन्वय भएकै रहेछ भनेर बुझदा हुन्छ नि ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष खत्री भन्छन;हाे, त्याे खबर आएपछि मैले वडा अध्यक्षलाई साेधे उहाँ वडा नम्बर ३ अन्तर्गत कुकुरगारेकाे क्लब मार्फत गाउँपालिका संग समुन्वय गरेर अघि बढन भनेकाे र यदि यसाे गरे आफुले सहयाेग गर्ने प्रतिबद्धता जनाएको र कसैले व्यक्तिगतरुपमा चलाएकाे अभियानमा आफू सहभागी नभएको स्पष्ट पार्नुभएकाे छ।´अध्यक्ष खत्रीले भने। वडा नम्बर ३ का स्थानीयले प्रभावकारी स्वास्थ्य व्यवस्थापन गर्न पटकपटक आग्रह गर्दा पनि हजुरबाट ध्यानाकर्षण भएन रे नि त ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष खत्री भन्छन्;`वडा तथा गाउँ कुनै पालिकामा कसैले केही भनेकाे छैन हामी सबै प्राय हाेम आइसाेलेशनमा छौ मेरमान वलीकाे संयाेजकत्वमा स्वास्थ्यकर्मी ७ जना स्वास्थ्यकर्मि परिचालन गरेका छौ हामीलाई एक कल फाेन समेत आएन पालिका स्फुर्त रुपमा लागेकाे छ।´ त्यसैगरी आधाभुत स्वास्थ्य केन्द्र कुकुरगारेमा कार्यरत हेल्थ असिस्टेन्ट राजन डागीलाई पनि खास वास्तविकताबारे स्पष्टीकरण साेधिएकाे गाउँपालिका अध्यक्ष खत्रीले बताए।
गाउँपालिकाले सार्वजनिक गरेकाे विज्ञप्ति हेर्नुस्;
https://m.facebook.com/story.php?story_fbid=782637382691727&id=100028364181740
प्रेस विज्ञप्ति
२८ बैशाख २०७८
गंगादेव रोल्पा
आदरणीय गंगादेव बासी एवम् सम्पुर्ण मिडियाकर्मीहरुमा हार्दिक अविवादन
प्रस्तुत बिषयमा सम्बन्धमा यस गंगादेव गाउपालिका रोल्पामा कोभिड १९को दोस्रो लहरको प्रभावका कारण लकडाउन भएको २ हप्ता पूरा भएको छ । अहिलेसम्म गाउपालिकामा ४२ जना सङक्रमित भएर स्वास्थ्य लाभ लिइरहनु भएको छ । ५९ जनाको पि.सि.आर चेकको लागि पठाएको छ ।
गाउपालिकाले ४वटा स्वास्थ्य चौकी र ३ वटा आधारभुत स्वास्थ्य केन्द्रमा आउने बिरामीको सङ्ख्या ,लक्ष्यणको बारेमा जानकारी लिएको छ । आज सम्म सेवा लिना आएका सबै बिरामी सन्चो भएको र अन्यत्र रिफर गर्न नपरेको सबैमा जानकारी गर्द छु ।
गाउपालिकाले २ हप्ता लकडाउनको समिक्षा गरेको छ ।
गाउपालिकामा कोभिड १९ को दोस्रो लहर सङक्रमन बढ्डो रहेकाले तत्काल अक्सिजन सहितको आइसुलेसन निर्माणको तयारी थालेको छ । गाउपालिकामा स्वास्थ्य कर्मिहरु उच्च मनोबलका साथ सेवामा खटिएकोले धन्यवाद व्यक्त गर्द छु। गाउपालिका बासिले लकडाउनको अनुसासन पुर्वक पालन गरेको प्रती आभार प्रकट गर्दै सबै नागरिकहरुमा पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गर्दै सचेत रहन अपिल गर्द छु। दोस्रो लटमा पठाएको पि.सि.आर रिपोर्ट आए पछि गाउपालिका बाट प्रशासनिक कामको बारेमा गाउँ कार्यपालिकाको औपचारिक बैठक बसेर निर्णय गरिने समेत जानकारी गर्द छु ।
केही दिन यता गंगादेव ३ निवासि टेकम वलीले गंगादेव
गाउपालिका रोल्पामा आधारहीन रूपमा गाउपालिकामा कोभिड माहामारी फैलिएको भ्रम फैलाएर जनतालाइ त्रसित बनाएर कोभिड माहामारी विरुद्ध स्वास्थ्य शिबिर सन्चालन भनेर चन्दा उठाएर गाउपालिका समन्वय नगरी नेपाल सरकार र स्थानीय सरकारको आचारसंहिता बिपरित गाउपालिकालाइ बदनाम गर्दै गैरकानुनी रूपमा औषधिजन्य सामाग्री खरिद बितरण गरेकोले निज टेकम वली लगाएत तेसमा समलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याइने व्यहोरा सबैमा जानकारी गर्द छु ।
यस्ता जोकोही व्यक्तिगत रूपमा अराजक तवरले संचालन हुने गतिविधिमा समलग्न नहुन गाउपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई निर्देशन गर्द छु ।
वीर बहादुर खत्री
अध्यक्ष
गंगादेव गाउपालिका रोल्पा

जनहितमा जारी सन्देश