बैशाख २५ काठमाडौ – नेपाली कांग्रेस संसदीय दलकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन पनि गरेको छ।आइतबार प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बाेलाएकाेमा उक्त बैठकमा कांग्रेस सहभागी नहुने भएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्ने पनि निर्णय गरेकाे छ। विराेधस्वरुप संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सदस्यहरूलाई यहि बैठक मार्फत आग्रह गरेकाेे छ। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

जनहितमा जारी सन्देश

प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको कुनै औचित्य नभएको भन्दै बैठक पछि पत्रकारहरुलाई संक्षिप्त जानकारी गराउदै सचेतक खाँडले भने;‘विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ’,‘प्रधानमन्त्री ओली राजनीतिक र प्रशासनिक रूपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन। आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ।’

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार