बैशाख २३ प्यूठान – काेराेना संक्रमण दर दिनहु बढदाे क्रममा रहेकाे भन्दै प्युठानमा थप एक साता निषेधाज्ञा कायम गर्ने निर्णय गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबार बसेको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो।

जनहितमा जारी सन्देश

यस अघि बैशाख १८ गतेदेखि बैशाख २४ गतेसम्मका
लागि गरिएकोमा अब अब बैशाख मसान्तसम्म कायम रहने भएको छ ।

प्युठानमा आज ३४ जना नयाँ संक्रमित थपिएका छन। याे संगै जिल्लामा संक्रमितको संख्या ३९५ पुगेकाे छ। त्यस्तै आज काेराेना जितेर २१ जना घर फर्किएका छन भने अहिलेसम्म जिल्लामा १९ जनाकाे मृत्यु भइसकेकाे जिल्ला प्रशासनकाे पछिल्लो तथ्यांकमा उल्लेख छ।

डिसीसीएमसीका आजकाा निर्णयहरु

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार