बैशाख १९ दाङ – तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको बेवारिसे भारतीय नम्बर प्लेटको कारमा मृत अवस्थामा फेला परेको तीनैजना बालकको पहिचान खुलेको छ।

जनहितमा जारी सन्देश

प्रहरीका अनुसार मृत फेला परेका बालकहरू सबै दस वर्ष मुनिका रहेका छन। तिनै जना तुलसीपुर–६ बरुवागाउँका रहेका छन। बरुवा गाउँ निवासी भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवास भनिने सुवर्ण परियार र किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत बिहिबार दुईजना हराएको भन्ने निवेदन परेको थियो। अहिले मृत भेटिएका मध्ये दुईजना ती बालक रहेका छन। घटनाकाे अनुसन्धानकाे लागि फरेन्सिक टाेली सहित तालिम प्राप्त कुकुर घटनास्थलमै छन। ती शवकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पाेष्टमार्टमकाे तयारी भएकाे डिएसपी सिंहले बताए।

शनिबार बेलुका इन्डियन प्लेट नम्बरको आर जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका थिए। उक्त कार गत माघ देखि नै साेहि ठाउँमा पार्किङ गरेर राखिएको स्थानीयले बताएका छन।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार