बैशाख १६ काठमाडौ — गयराती देखि अहिले याे समाचार तयार पार्दा सम्म देशभरका विभिन्न अस्पतालमा बाह्र जना काेराेना संक्रमितको मृत्यु भएको छ।
अहिले सम्मकाे तथ्यांक अनुसार सबैभन्दा बढि बाँकेमा मृतकको संख्या बढी छ। बाँकेका तीन अस्पतालहरु भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा बुधबार राती देखि अहिलेसम्म ६ जनाको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बताए ।
मृत्यु हुनेमन नेपालगन्ज उपमहानगरपालिका–१३ की ५८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुष, बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुष,नेपालगन्ज उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी कञ्चनपुरकाे महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका १ का ३० वर्षीय पुरुष,भीमदत्त नगरपालिका १९ का २१ वर्षीय पुरुष र भीमदत्त नगरपालिका १८ का ३६ वर्षीय महिला रहेकाे महाकाली अस्पतालका डाक्टर गाेविन्द राेकायले बताए ।
उता महाेत्तरीमा पनि दुई जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका ९ बथनाहाका ६६ वर्षिय एक पुरुष र महाेतरी स्थायी घर भइ हाल जनकपुरमा बस्दै आएका ८० वर्षिय पुरुष रहेका छन।
सल्यानमा पनि एक जनाकाे मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सिद्धकुमाख गाउँपालिका– २ निवासी ४२ वर्षीय पुरुष रहेका छन।

जनहितमा जारी सन्देश