बैशाख ५ रुकुम (पश्चिम) – नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी काम गरिरहेको आरोपमा चौरजहारी अस्पतालमा कार्यरत एक डाक्टर पक्राउ परेका छन।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–१,चौरजहारीमा कार्यरत मनाङको चामे गाउँपालिका–९, का ३१ वर्षीय डाक्टर दिपेन्द्र गौतम रहेका छन। काठमाडौं जिल्ला अदालतको आदेशमा गौतमलाई पक्राउ गरिएको हाे। उनी विरुद्ध एसएलसीको प्रमाण पत्र किर्ते गरेकाे अभियोग लागेर नक्कली प्रमाणपत्रका बारेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो।

उनलाई एसएलसीको प्रमाण पत्र किर्ते गरेकाे अभियोग लागेको छ। गौतमलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी काम गरीरहेको अभियाेगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार