चैत २७ रुपन्देही – आपसी झगडा हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन। जिल्लाकाे सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाका ६६ वर्षिय गनपत बानियाँले उनकी श्रीमती ५५ वर्षिय कुश्मा बानियाँको हत्या गरेका हुन।
प्रहरीले श्रीमतीको हत्या अभियोगमा गनपतलाई पक्राउ गरेको छ। कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घाँटीमा दाग र शरिरका विभिन्न ठाउँमा निलडाम देखिएपछि हत्याकाे आशंकामा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको हाे। विगतका दिनहरुमा पनि पटकपटक यौन सम्पर्क गर्न नदिएको भन्दै कुटपिट गर्ने गरेकाे बानियाँ छाेराबुहारीकाे भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाका अनुसार बुधबार साँझ खानपिन गरी राति ९ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएकाा छन।