रोल्पा नगरपालिका–५ जेदवाङकी १९ वर्षीया सिता गिरी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।


प्रहरीका अनुसार शनिबार बिहान करिब ६:२० बजेको समयमा उनी घरभित्र झुण्डिएको अवस्थामा रहेको जानकारी स्थानीयले टेलिफोनमार्फत प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोगनपानी बाट प्रहरी टोली प्र शिव प्रसाद चौधरीको कमाण्डमा घटनास्थलतर्फ खटिएको थियो।


घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा SOCO टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।


घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार