दाङ तुलसीपुर–१९ दोघरे निवासी ३४ वर्षीय लेखा अधिकृत गोपाल वलीले श्रीमती २७ वर्षीया कमला वलीको। हत्या स्विकार गरेका छन। प्रहरी अनुसन्धानका क्रममा उनलेे दिएको बयानमा विगत दुई वर्षदेखि श्रीमतीसँग बोलचाल समेत नभएको बताएका छन्।
उनले आफूले पटक–पटक श्रीमती र आफन्तलाई झगडा मिलाइदिन अनुरोध गरेको समेत बताएका छन्। यसै सम्बन्ध राम्रो नभएकोमा जागिरको सरुवापछि झन दूरी बढ्दै गएको र विदामा घर आउँदा पनि श्रीमतीले रिसाउने र बोलचाल नहुने गरेको उनको बयान छ। अन्तिम घटनाको दिन घरको भान्सा कोठामा विवाद हुँदा चिर्पट प्रहार गरेको उनले स्वीकार गरेका छन्।
मृतककी आमा कबिता खड्काले दिएको जाहेरीमा गाेपालले सम्बन्ध विच्छेदको दबाब दिँदै धम्की दिने गरेको उल्लेख गरेकि छन। घटनामा संलग्न भएको आरोपमा गोपाल वलीसहित उनका बुबा, भाइ बुहारी र बहिनीविरुद्ध जन्मकैदको मागसहित जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको छ।
गाेपाल डिभिजन वन कार्यालय वीरगञ्जमा कार्यरत थिए। उनलेे गत चैत १२ गते चिर्पट प्रहार गरी श्रीमतीकाे हत्या गरेका थिए। पुर्खेउली घर रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० रहेका गाेपाल घटनाअघि उनी आफ्ना भाइको काजकिरिया सकेर रुकुमबाट दाङ फर्किएका थिए। उनका भाइ महेन्द्र ओलीले आफ्नो प्रेमिकाले धाेका दिएकाे भन्दै फेसकुकमा प्रेमिका सहितकाे संयुक्त फाेटाे राख्दै गत चैत १ गते रुकुम पश्चिमको मुसिकोटस्थित बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए।
के छ उनकाे बयान
गोपालले २०६७ सालमा खरिदारमा नाम निकालेका थिए । उनीहरुबीच २०७० सालमा मागी विवाह भएको थियो । २०७५ सालमा गोपालले लेखा अधिकृतमा नाम निकालेर बबई गाउँपालिका दाङमा पोस्टिङ भएका थिए । बबई हुँदा उनीहरुसंगै बसेका थिए । तर, समायोजन पछि उनको मधेश प्रदेशमा सरुवा भयो । त्यसपछि गोपाल विरगंज गए भने श्रीमती कमला भने दाङ विजौरीमा कोठा भाडामा लिएर बसिन् । त्यसपछि भने उनीहरुको सम्बन्धमा खटपट आईरहेको कुरा गोपालले बयान दिएका छन् ।
त्यही बीचमा २०७७ सालमा उनीहरुले दाङकाे विजौरी स्थित दोघरमा घर बनाएर घर सरिसकेका थिए । त्यसपछि जागिरबाट विदा मिलाएर घर आउँदा सुरुसुरुमा बाटोमा लिन आउने गरेको भएपनि पछि भने घर आउँदा पनि रिसाउने गरेको भनि गोपालले प्रहरी समक्ष बयान दिएका छन् ।“२०८१ मा होलीमा घर आउँछु भन्दा घर किन आउने नआएपनि हुन्छ भाडा खर्च हुन्छ भन्दै श्रीमती पन्छिइन”, गोपालको बयानमा उल्लेख छ“तर, म छोराछोरीको मायाले होलीका सामानहरु लिइ घरमा आउँदा श्रीमती मसंग रिसाइन र हामीबीच झ’गडा भयो।” त्याे समयमा मेरो माेबाइल पनि फुटाइन।´
“मैले मेरो र श्रीमतिको आफन्तीहरुलाई झै–झगडा मिलाइदिन पर्यो भनि अनुरोध समेत गरेको थिएँ”,उनले बयानमा भनेका छन्“ भाई पुलबाट हाम फा’लेर मृ’त्यु हुँदा घरमा गएको अबस्थामा समेत बोलचाल भएन ।”
गोपालको माइलो भाई हेमराज वली गएको असारमा मोटरसाईकल दु’र्घटना हुँदा ग’म्भीर घाइते छन् । उनको तुलसीपुर स्थित थेरापी सेन्टरमा उपचार पछि घर लगिएको थियो । त्यही क्रममा चैते दशैमा वुवा, भाई वुहारी, बहिनी घरमा आएको अबस्थामा पनि श्रीमति कमलासंग केही बोलचाल समेत नभएको गोपालको बयान छ । “त्यही क्रममा म पानी खाना भनि भान्सा कोठामा गएको थिएँ, श्रीमति पनि भान्सा कोठामै थिइन”उनले बयानमा भनेका छन्“त्यहीबेला घरायसी विवाद हुँदा चिर्पट प्र’हार गरेको हुँ ।”