चैत १३ राेल्पा – ८ दिने उद्यम विकास तालिमको गंगादेव गाउँपालिका रोल्पाको लोदचवरमा सम्पन्न भएको छ। वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष रिता घर्ती,५ नम्बर वडा सचिव तुलाधर शर्मा ,गाउँपालिका प्रेस सयोजक अशोक कुमार वली,वडा नम्बर ५ का भेटेरेनरी सहायक कमल प्रकाश खत्री ,आधारभुत स्वास्थ्य केन्द्र लोदचवरका प्रमुख तिलक डागी ,उद्यम बिकास सहजकर्ता दिपक मल्ल , पुजा वली लगायत ४० जना महिलाहरु सहभागीता रहेको थियो । तालिममा व्यबसाय छनोट ,बजार व्यवस्थापन ,योजना निर्माण ,कृषि ,पशुपालन ,नोकरी को सैद्धान्तिक ज्ञानको बारेमा सिकाइएको छ । सहभागी सबैलाई आफ्नो सिकाइ प्रस्तुति राख्ने अबसर प्रदान गरिएको थियो ।
उत्कृष्ट ५ जनालाइ डायरी र पेन पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले यो तालिम गरिब र महिलालाई केन्द्रीकृत गरेर आयोजना गरिएकोले सहि सदुपयोग गर्न शुझाव दिनु भएको छ। उहाले अहिले प्रधानमन्त्री केपि वलीले प्रतिगमनकारी कदम चालेको र स्थानीय सरकारको अधिकारलाई कुन्ठित गर्ने खोजेको आरोप लगाउनु भएको छ । यदि संघले अधिकार कुनठित गरे जनता सङघर्षमा उत्रने बताउनु भएको छ ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष रिता घर्तिले यो तालीमको सहि सदुपयोग गरे महिलाहरु स्वरोजगार बनेर आत्मा निर्भर बन्न सकिने बताउदै १० बर्षे जनयुद्धले महिला ,दलित ,जनजातिको लागि समानुपातिक ,समाबेशी सहितको अधिकार सुनिश्चित गरेकोले आज महिलाहरु यसरी अगाडि बढ्ने प्रेरणा मिलेको बताउनु भएको छ। वडा नम्बर ५ का सचिव तुलाधर शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता दिपक मल्लले गर्नु भएको थियाे।