आफ्नै प्रेमिकाकी ६ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका जवान माथि मुद्दा दर्ता भएको छ। ललितपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले २८ वर्षीय प्रहरी जवान भुवन रण लुहार विरुद्ध मुद्दा दायर गरेको हो।
बैतडीको दशरथचन्द्र नगरपालिका-४ जर्ग घर भएका उनी सर्वोच्च / विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ, रामशाहपथमा खटिएका थिए।
कसरी गरे प्रेमिकाकाे छाेरी माथि बलात्कार
पिडित उनी प्रेमिकालेले उल्लेख गरे अनुसार घटना २०८२ साल पुस १८ गते रातिको हो। प्रहरी जवान लुहार मदिरा सेवन गरेर प्रेमिकाको डेरामा पुगेपछि प्रेमिकासँग केही विवाद भएपछि प्रेमिकालाई कुटे। त्यसपछि प्रेमिका डेराबाट निस्किएकाे उल्लेख छ। त्यसपछि कोठामा उनकि ६ वर्षिय छोरी र सानीमाकी छोरी रहेको हुँदा प्रहरी जवान लुहार अर्थात उनका प्रेमिले छाेरीहरुलाई पनि कुटन सक्ने आशंकामा पुनः फर्किनेक्रममा झ्यालबाट उनले छाेरी माथि बलात्कार गरिरहेको रंगेहात फेला पारेको उल्लेख छ।
बाहिरबाट आफू कराउदा समेत छाेरीलाई नछाेडेपछि तत्कालै उनले बाहिरबाट इँटा उठाएर हिर्काएपछि उनि त्यहाँबाट भागेपछि आफुलाई सबै सम्पर्क माध्यमबाट उनले बलक गरेर सम्पर्क नभएको उल्लेख गरेकि छन।
उनका श्रीमान वैदेशिक रोजगारीमा छन। महिलाले उजुरी दिएपछि घटना बाहिर आएको हो। उनी विरुद्ध जन्मकैद र सात लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै अभियोगपत्र दायर भएको छ।