दाङमा श्रीमान श्रीमती सवार स्कुटरलाई टिपरकले ठक्कर दिदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन।

तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेनामा तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प ६३३१ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले बिहिवार साँझ ७ बजेतिर ठक्कर दिदा तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइते हुनेमा उनका श्रीमान दुर्गा कडेँलले छन।  स्कुटर दुर्गाले चलाएका थिए। उनको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।

दुर्घटना गराएर टिप्पर फरार भएपछि मृतकका आफन्त र स्थानीयले टायर जलाएर सडक ठप्प पारेका तत्काल कारबाही र उचित क्षतिपूर्तिको लागि प्रदर्शन गरिरहेका छन। उनिहरुले उचित क्षतिपूर्ति नपाए सम्म शव नउठाउने भन्दै शव उठाउन समेत दिएका छैनन। प्रहरीले टिपरलाई नारायणपुरबाट नियन्त्रणमा लिएको डिएसपी बाेहराले बताए।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार