क्रोएसियामा सडक दुर्घटनामा परि २ नेपाली सहित युवाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाकाे मेचीनगर–१२ का ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका – ७ का २५ वर्षीय भुवन विक रहेका छन्। रोजगारीका लागि बोस्नियामा रहेका उनीहरू घुम्न क्रोएसिया जाँदा दुर्घटना भएको हो। साेहि दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
दुर्घटना गत फ्रेबुअरी १३ तारिख अर्थात फागुन १ गते भएको हाे। उनिहरुकाे शव अहिलेसम्म क्रोएसियाकाे Nova Gradisk General hospital मा रहेको बताइएको छ। शव नेपाल पठाउन एनआरएनले भियनास्थित दूतावासमा पहल गरिरहेकाे छ। एउटा शव नेपालमा पुर्याउन ६ हजारभन्दा बढी यूरो लाग्ने एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले बताए ।
झण्डै महिना बित्न लाग्दा पनि शव कहिले नेपाल पुग्छ भन्ने टुंगो छैन। दुर्घटनामा परेपछि सबैभन्दा पहिला उनिहरुकाे सनाखतमा नै समस्या परेपछि झन प्रक्रियामा ढिलाइ भएको हाे। बोस्नियामा कार्यरत उनिहरु क्राेसिया पुगेका र त्यहि दुर्घटना भएपछि उनिहरुकाे साथमा रहेको डकुमेन्टकाे आधारमा क्राेसिया प्रहरी सम्म सुचना पठाइ एकिन गर्दा झण्डै १५ दिनमा क्राेसियाले पुर्ण रुपमा घटना आफ्नो जिम्मेवारीमा लिई दुतावास मार्फत नेपालमा सम्पर्क गर्न थालेकाे एनआरएन क्रोएसियाका अध्यक्ष तामाङले बताए।