चैत ८ अर्घाखाँची – जिल्लाकाे सन्धिखर्कमा जीप दुर्घटनामा परि ७ जना घाईते भएका छन्। जीप सडकबाट करिव ३५ मिटर तल खसेको थियो।

सन्धिखर्क नगरपालिका ९ अर्घाको सेक्रटीबाट सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप आइतबार बिहान चुत्राबेसीको जनज्योति माबि नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घाइते हुनेमा अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ वर्षिय सुरज खनाल, उनको श्रीमती २३ वर्षिय रिता खनाल, उनको ४ वर्षिय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षिय सावित्री खनाल, १८ वर्षिय बिजय खत्री, जिप चालक ४२ वर्षिय ठक बहादुर खत्री र ६६ वर्षिय सीता खत्री घाईते भएका छन।

घाइते मध्ये ठक बहादुर खत्री र सीता खत्रीकाे अवस्था गम्भीर रहेकाले उपचारको लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको छ । अन्य पाँच जनाकाे अवस्था भने सामान्य रहेको हुदा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रामनारायण गुप्ताले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार