१२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भारतकाे गाजियावाद निवासी राणा लामो समयदेखि अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा मात्रै जीवित थिए।
सर्वोच्च अदालतका न्यायाधीश जे.बी. पार्डीवाला र के.भी. विश्वनाथनको संयुक्त इजलासले राणाका आमा निर्मला राणा र बाबु अशोक राणाले दिएको अपिलका आधारमा सर्वोच्च अदालतले यो निर्णय गरेको हो।
निष्क्रिय इच्छामृत्यु भनेको बिरामी निको नहुने अवस्थामा जीवन बचाइराख्न प्रयोग गरिएका उपकरण हटाइ स्वाभाविक रूपमा मृत्यु हुन दिने प्रक्रिया हो।
राणाको उपचार भइरहेको एम्स अस्पताललाई लाइफ सपोर्ट प्रणाली क्रमिक रूपमा हटाउने प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ। अदालतले यो प्रक्रिया बिरामीको मर्यादा र सम्मान कायम राख्दै सावधानीपूर्वक पूरा गर्नुपर्ने पनि उल्लेख गरेको छ।
याे घटना र फैसलािछि अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्यु सम्बन्धी स्पष्ट र व्यापक कानुन बनाउने विषयमा पनि विचार गर्न सुझाव दिएको छ।