नेपाली कांग्रेस सल्यानले चुनावी प्रचारप्रसार लक्षित डिजिटल सुचना डेस्क स्थापना गरेको छ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केश बहादुर विष्टको निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन डिजिटल सूचना डेस्क स्थापना गरिएकाे नेपाली कांग्रेस सल्यानले जनाएको छ।
बिहीबार खलंगामा स्थापना गरिएको उक्त डेस्क आगामी फागुण २१ गते हुने निर्वाचनमा विष्टलाई विजयी बनाउने उद्देश्यले गरिने विभिन्न प्रचारप्रसार मुखि गतिविधिका लागि सञ्चालनमा ल्याइएको हो।
डिजिटल माध्यममार्फत सूचना प्रवाह, प्रचार सामग्री व्यवस्थापन तथा जनतासँग प्रत्यक्ष संवादलाई सहज बनाउन डिजिटल सूचना डेस्क स्थापना गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ।