फागुन २९ कञ्चनपुर – जिल्लाकाे पुर्नवास नगरपालिका–२ कि स्थानीय १४ वर्षीया बालिका माथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको।

जिल्ला प्रहरी कार्यालय कन्ञनपुरका अनुसार शुक्रबार साझ करिब सात बजेकाे समयमा कलम किन्न भन्दै स्थानिय पसलमा गइरहेकी ती बालिका बलात्कृत भएकि हुन। मोटरसाइकलमा आएका तीन जनाकाे अज्ञात समूहले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिकालाई मोटरसाइकलमा आएकाे अज्ञात समुहले जबर्जस्ती लगेर बलात्कार पश्चात मध्यरातमा पहिले बालिकालाई लिएकै ठाउँमा छाडेर गएको बालिकाले बताएकी छिन। बालिकाको स्वास्थ्य परीक्षण गरी परिवारको निगरानीमा राखिएको छ भने बलात्कारमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार